जोडिनुहोस
  • होमपेज
  • मोरङ प्रहरी प्रमुख कार्की हेडक्वार्टर तानिए, आर्थिक अनियमिततामा मुछिएको आरोप

मोरङ प्रहरी प्रमुख कार्की हेडक्वार्टर तानिए, आर्थिक अनियमिततामा मुछिएको आरोप

काठमाडौं। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन्। आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो।

केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले उनलाई प्रहरी हेडक्वार्टरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको बताए। ‘मोरङका एसपीको हेडक्वार्टरमा सरुवा भएको हो,’ प्रवक्ता कार्कीले भने।’

प्रवक्ता कार्कीले सरुवाको कारण नबताए पनि उनी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ।

उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका