जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो, प्रदूषित सहरको पाँचौ सूचीमा

काठमाडौंमा चिसोसँगै वायु प्रदूषण पनि बढ्दो, प्रदूषित सहरको पाँचौ सूचीमा

काठमाडौं। अत्यधिक चिसो भएसँगै काठमाडौं उपत्यकाको वायु प्रदूषण पनि बढेको छ । ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई)का अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्यूआई छ ।

वातावरणविद् भुषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । एक्यूआईका अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ ।

साथै दोस्रो स्थानमा रहेको भारतको कोलकाताको एक्यूआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्यूआई दुई सय ३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्यूआई दुई सय २७ एक्यूआई छ ।

शून्यदेखि ५० सम्मको एक्यूआईलाई राम्रो मानेर हरियो सङ्केत दिइन्छ । साथै ५१ देखि एक सयसम्मको एक्यूआईले होसियार रहन सङ्केत गर्छ । एक सय एकदेखि एक सय ५० सम्मको एक्यूआई हुँदा श्वासप्रश्वासमा समस्या हुने र मुटु रोगीका लागि खतरा मानिन्छ । एक सय ५१ देखि दुई सयसम्मको एक्यूआईलाई अस्वस्थ र त्यसभन्दा माथि वायु प्रदूषण भएमा अत्यधिक अस्वस्थ भएको मानिन्छ ।

काठमाडौं उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्य योजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्यूआई को मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका