जोडिनुहोस
  • होमपेज
  • बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा गेस्टहाउस सञ्चालक पक्राउ

काठमाडौं। बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपपछि फरार रहेका गेस्टहाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौंको टोखा नगरपालिका २६ नयाँबसपार्कमा सञ्चालित निमा गेस्टहाउसमा सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई वेश्यावृत्तिमा लगाएको आरोप छ।

आरोपित गेस्टहाउस सञ्चालक नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय सुजन तामाङलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बिहीबार पक्राउ गरेको हो।

बालिकालाई वेश्यावृत्तिमा लगाएर ग्राहकबाट दुई घण्टामा ३ हजारसम्म र रातभरमा ६ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दाबी छ। पीडित बालिकालाई एक महिनासम्म गेष्टहाउसबाट बाहिर जान समेत नदिएको र जबर्जस्ती शारीरिक सम्पर्क राख्न बाध्य बनाएको उजुरी परेको ब्युरोले जनाएको छ।

पीडित बालिकाले काम गरेबापतको पारिश्रमिक माग्दा समेत अभियुक्तले गालीगलौज तथा कुटपिट गरी यातना दिएको ब्युरोका सूचना अधिकारी एसपी गौतम मिश्रले बताए।

उनीविरुद्ध मानव बेचविखन तथा ओसारपसारको कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद लिएर प्रहरीले थप अनुसन्धान सुरु गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका