जोडिनुहोस
  • होमपेज
  • भोलोडिमिर जेलेन्स्कीले भने, ‘असद त भागेर पुटिनकहाँ गए, तर पुटिन भागेर कहाँ जान्छन् ?’

भोलोडिमिर जेलेन्स्कीले भने, ‘असद त भागेर पुटिनकहाँ गए, तर पुटिन भागेर कहाँ जान्छन् ?’

काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भनेका छन् – “बहादुर” असद (बशर अल–असद) त भागेर पुटिनकहाँ गएका छन्, तर पुटिन कहाँ भाग्नेछन् ?

जेलेन्स्कीले सामाजिक संजाल एक्समा लेखेका छन् ‘यस वर्ष मानवअधिकार दिवसमा सिरियाका जेल र यातना शिविरभित्रका जुन तस्वीर बाहिरिएका थिए ती मुटु हल्लाउने खालका छन् ।’

उनले भने, “यिनिहरूलाई असद भागेपछि खोलिएको थियो। यहाँ धेरै वर्षदेखि मानिसहरूलाई अपमानित गरिएको थियो। यसमा पुरुष र महिलाहरू पर्छन्। उनीहरूलाई कुटपिट, यातना र बलात्कार गरियो। हजारौं मानिसहरू यस हिंसाबाट पीडित भए। हजारौं मानिस यो हिंसाको कारखानाबाट गुज्रिए।”

जेलेन्स्कीले असदको सरकार दशकौंदेखि हिंसामा निर्भर रहेको बताए। पुटिन समर्थित शासन पनि यस्तै देखिने बताउँदै उनले भने “हामीले हाम्रो क्षेत्रमा रूसी आक्रमणकारीहरूले कब्जा गरेको प्रत्येक ठाउँमा यस्तै जेल र यातना शिविरहरू देखेका छौं।”

जेलेन्स्कीले पुटिन जस्तो तानाशाह बिना असद जस्तो तानाशाह बाँच्न नसक्ने बताए । उनले पुटिनले असदको हारको बदला लिने प्रयास गर्ने दाबी गरे। त्यसका लागि यस्ता व्यवस्थाको सामना गर्न एकता र बल आवश्यक रहेको उनले बताए ।

वास्तवमा युक्रेन र रुसबीच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । यसैबीच विद्रोही समूहले सिरिया कब्जा गरेपछि असद देश छोडेर भागेका छन् र रुसले उनलाई शरण दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका