जोडिनुहोस
  • होमपेज
  • रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन

रवि पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन

गएराति पोखरा पुर्याएपछि प्रहरीले सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले पोखरामा प्रदर्शन गरेको हो।

पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र काठमाडौंको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिने रास्वपाले जनाएको छ।

शुक्रबार साँझ काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै पोखरा लगिएको हो।

पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका