जोडिनुहोस
  • होमपेज
  • मनाङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङमा लेक लागेर पर्यटकको मृत्यु

मनाङ। मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ। ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विट्जरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विट्जरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए।

राति सकुशल सुतेका उनी बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। ’लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो,’ प्रहरी निरीक्षक केसीले भने, ’सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।’

उनले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका