जोडिनुहोस
  • होमपेज
  • बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ

बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक जना पक्राउ

काठमाडौं। बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मूलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे छिन्। उनलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले गत शुक्रबार मूलपानीबाट पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्युरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए। प्रहरीले उनको घरबाट चार बालिकाको उद्धार समेत गरेको छ।

उनले मूलपानीमा एक घर भाडामा लिएर घरमा भाडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ।

बालिकालाई यौन व्यवसायमा लगाएर उनले प्रति ग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको दाबी प्रहरीको छ। पक्राउ परेकी महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका