जोडिनुहोस
  • होमपेज
  • चिनियाँ राजदूतद्वारा बीआरआई परियोजनाबारे गरिएको भ्रामक दाबीप्रति राष्ट्रिय एकता अभियान नेपालको आपत्ति

चिनियाँ राजदूतद्वारा बीआरआई परियोजनाबारे गरिएको भ्रामक दाबीप्रति राष्ट्रिय एकता अभियान नेपालको आपत्ति

काठमाडौं। राष्ट्रिय एकता अभियान नेपाले सरकारसँग बीआरआई सम्बन्धी परियोजनाहरूको आधिकारिक जानकारी माग गर्दै भ्रामक सूचना विरुद्ध कूटनीतिक कदम चाल्न आग्रह गरेको छ ।

राष्ट्रिय एकता अभियान नेपाले आइतबार एक विज्ञप्ति जारी गर्दै चिनियाँ राजदूतको झूटो दाबीले नेपालको सार्वभौमिकता, आर्थिक सुरक्षा, र अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पारेको जनाएको छ।

विज्ञप्तिमा सरकारले चिनियाँ दूतावाससँग औपचारिक स्पष्टीकरण माग्न आग्रह समेत गरेको छ।

b7dfc412 71bf 4bb4 92b6 9872d59347c2

नेपाल सरकारसँग बीआरआई सम्बन्धी परियोजनाहरूको आधिकारिक जानकारी राष्ट्रिय एकता अभियानले माग गरे अनुसार अर्थ मन्त्रालयद्वारा प्राप्त जवाफले नेपालमा हाल बीआरआई अन्तर्गत कुनै परियोजना सञ्चालनमा नरहेको स्पष्ट पारेको देखिन्छ।

43e3e197 22f7 4b86 9485 a3486377f771

तर, चिनियाँ राजदूत चेन सोङले आफ्नो आधिकारिक ट्रीटमा नेपालमा बीआरआई परियोजनाहरू कार्यान्वयनमा रहेको भ्रामक दाबी गरेका छन्।

58f6f195 9616 4800 b822 84928b8562a1

विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय एकता अभियान नेपाल सरकारसँग भ्रामक सूचना विरुद्ध कूटनीतिक कदम चाल्न अपिल गर्दछ । राजदूतको यस्तो झूटो दाबीले नेपालको सार्वभौमिकता, आर्थिक सुरक्षा, र अन्तर्राष्ट्रिय प्रतिष्ठामा गम्भीर असर पारेको छ। सरकारलाई तुरुन्त खण्डन गर्न र चिनियाँ दूतावाससँग औपचारिक स्पष्टीकरण माग्न आग्रह गर्दछौं । कूटनीतिक विरोधपत्र पठाई भविष्यमा यस्ता दाबीहरू नगर्न चेतावनी दिन पनि अनुरोध गर्दछौं ।’

82e5323f 285c 4515 b1b0 998c651a3f6f 620337d3 2de9 49c5 aadd fc100bfa032f b889dbc5 f652 43ea b838 3e2433c87c04

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका