जोडिनुहोस
  • होमपेज
  • बाढीले बगाएको खुर्कोट–रामेछाप जोड्ने बेलिब्रिज बन्यो

बाढीले बगाएको खुर्कोट–रामेछाप जोड्ने बेलिब्रिज बन्यो

काठमाडौं। गत असोज १० देखि १२ गतेसम्म परेको वर्षा र त्यसपछिको बाढीले बगाएको सुनकोशी नदीको बेलिब्रिज नेपाली सेनाले बनाएको छ।

बाढीले बगाएको सिन्धुलीको गोलञ्जोर–७ र रामेछापको मन्थली– ६ जोड्ने सुनकोशी नदी माथिको बेलिब्रिज नेपाली सेनाले बनाएको हो।

गत असोज १० देखि १२ गते परेको अविरल वर्षा र त्यसपछिको बाढीले सुनकोशी नदीमाथि रहेको १०० मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फको ५१ मिटर पुल बगाएको थियो। त्यसपछि अवरूद्ध भएको आवागमन आजबाट सञ्चालनमा आएको हो।

‘असोज २० गतेबाट प्राविधिकसहित खटिएको नेपाली सेनाको टोलीले अहोरात्र कार्य गरी मिति २०८१ कात्तिक ०५ गते बेलिब्रिज जडान कार्य सक्नुका साथै सोही दिन पुलको भारवहन क्षमता समेत परीक्षण गरेको थियो,’ नेपाली सेनाले बताएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका