जोडिनुहोस
  • होमपेज
  • रास्वपालाई धनराजको प्रश्न– निकिता पौडेललाई हिरासतमा किन नराखेको ?

रास्वपालाई धनराजको प्रश्न– निकिता पौडेललाई हिरासतमा किन नराखेको ?

काठमाडौं। नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको बताएका छन् ।

‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसदमा कुरा राखिसकेको छु’, उनले भनेका छन्,‘म सधैँ भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ ।’

उनले रास्वपाका कार्यकर्ताले आफ्नो तस्बिर राखेर आन्दोलन गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उनले भने्, ‘ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको ?’

उनले लेखेका छन्–‘म रास्वपाका साथीहरूलाई सोध्न चाहन्छु यदि ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको ?’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका