जोडिनुहोस
  • होमपेज
  • सतर्कता केन्द्रले सेवाप्रवाहको अनुगमन गर्ने, प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाउने

सतर्कता केन्द्रले सेवाप्रवाहको अनुगमन गर्ने, प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई बुझाउने

काठमाडौं। राष्ट्रिय सतर्कता केन्द्रले हेलो सरकारमा परेका उजुरी अध्ययन गरी संवेदनशील कार्यालयहरूमा हुनसक्ने भ्रष्टाचारजन्य कार्यको निगरानी गर्ने भएको छ ।

मुख्य सचिव एकनारायण अर्यालको अध्यक्षतामा सोमबार बसेको बैठकले सतर्कता केन्द्रलाई उक्त कार्य गराउने निर्णय गरेको हो । “साथै, सबै निकाय÷कार्यालयहरूमा कर्मचारीको उपस्थिति र अनुशासन एवं सेवाप्रवाहको अनुगमन गरी सोको प्रतिवेदन मासिक रूपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपलब्ध गराउनेछ,” बैठकको निर्णयमा भनिएको छ ।

हेलो सरकारमा दैनिक सयौंको संख्याम सार्वजनिक सेवालाई लिएर उजुर पर्ने गर्छन् । अबदेखि यस्ता उजुरीको अध्ययन सतर्कता केन्द्रलाई पनि गर्न दिइनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका