जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

अन्तर्राष्ट्रिय

रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

  • Sanchar NP
  • शुक्रबार, चैत्र २०, २०८२
रवि लामिछानेलाई अमेरिकी विशेष दूतको बधाई

काठमाडौं- दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका छन् ।

मंगलबार भएको टेलिफोन संवादका क्रममा दूत गोरले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको बताएका छन् । उनले आर्थिक साझेदारीलाई थप सुदृढ बनाउँदै नेपाल–अमेरिका सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त संवादले दुई देशबीचको कूटनीतिक सम्बन्ध र आगामी सहकार्यका सम्भावनालाई सकारात्मक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

रास्वपाले फागुन २१ गतेको निर्वाचनमा अभूतपूर्व सफलता हात पारेको छ। उसले प्रत्यक्ष र समानुपातिक दुवैमा १८२ सिट जितेको छ । यसअघि रास्वपालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बधाई दिइसकेका छन् । उता चीनले पनि बधाई पत्र पठाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका