जोडिनुहोस
  • होमपेज
  • शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल : प्रधानमन्त्री ओली

शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार सफल : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउन वर्तमान सरकार सफल भएको बताएका छन् ।

सरकार गठन भएका सय दिनका उपलब्धिबारे आज सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सत्य निरूपण तथा मेलमिलाप आयोग, २०७१’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत भई प्रमाणीकरणसमेत भएको बताए ।

‘शान्ति प्रक्रियालाई पूर्णता दिन आयोग गठनका लागि सिफारिस समिति बनेको छ, त्यसले आयोग गठनको प्रक्रिया अघि बढाएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘लामो समयदेखि द्वन्द्व खेपेको हाम्रो समाजका लागि यो सुखद सन्देश हो ।’

प्रधानमन्त्री ओलीले यस अवधिमा विभिन्न मन्त्रालयसँग सम्बन्धित चार दर्जनभन्दा बढी ऐन, नियम, र कार्यविधिमा सहमति भएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका