जोडिनुहोस
  • होमपेज
  • भारतमा ‘दाना’ आँधीको आतङ्क, नेपालमा पनि प्रभाव

भारतमा ‘दाना’ आँधीको आतङ्क, नेपालमा पनि प्रभाव

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात आँधी ‘दाना’को प्रभाव नेपालमा पनि परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद्का अनुसार कोशी प्रदेशमा त्यस चक्रवातको आंशिक प्रभाव परिरहेको हो।

तर अहिलेसम्मको अनुमानमा त्यस चक्रवातको खासै ठूलो प्रभाव नेपालमा पर्ने नदेखिएको मौसमविदको भनाइ छ। भारतमै चाहिँ यसले वर्षासँगै हावाहुरी गराउने भएकाले क्षति पुर्याउन सक्ने अनुमान छ । यसैबीच भारतीय सञ्चारमाध्यमले उक्त चक्रवात आज पश्चिम बंगाल र ओडिसाका तटीय क्षेत्रमा पुग्न सक्ने उल्लेख गरेका छन्।

पश्चिम बंगाल र ओडिसाका सरकारले चक्रवात दानासँग लड्न तयारी पूरा भएको बताएका छन्। ‘दाना’ आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ।

सावधानीका रूपमा पश्चिम बंगाल र ओडिसाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय अक्टोबर २५ सम्मका लागि बन्द गरिएका छन् भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका