जोडिनुहोस
  • होमपेज
  • कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्याको आशंका

कञ्चनपुरमा दम्पती मृत भेटिए, हत्याको आशंका

काठमाडौं। कञ्चनपुरमा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन्।

लालझाडी गाउँपालिका–१ का ४५ वर्षीय रमेश बडायक र उनकी ४१ वर्षीया श्रीमती कमला शुक्रबार बिहान मृत भेटिएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले उनीहरू दुवै जना शुक्रबार बिहान आफ्नै घरको आँगनमा मृत फेला परेका जानकारी दिए।

शरीरमा धारिलो हतियार प्रहार भएको देखिएकाले हत्याको आशंका गरिएको छ। अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय धनगढीबाट तालिम प्राप्त कुकुरसहितको टोली पनि लालझाडीस्थित घटनास्थल पुगेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका