जोडिनुहोस
  • होमपेज
  • पश्चिमी र स्थानीय वायुसँगै नेपालको मौसममा ‘दाना’ चक्रवातको पनि आंशिक प्रभाव

पश्चिमी र स्थानीय वायुसँगै नेपालको मौसममा ‘दाना’ चक्रवातको पनि आंशिक प्रभाव

काठमाडौं। हाल देशभर पश्चिमी वायुसँगै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै कोशी प्रदेशमा बंगालको खाडीमा विकसित चक्रवात ‘दाना’ को आंशिक प्रभावसमेत रहेको छ।

शुक्रबार बिहान कोशी र लुम्बिनी प्रदेशका पूर्वी भूभागको मौसम आंशिक देखि साधारणतया बदली छ। देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो पनि कोशी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। कोशी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ। बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका