जोडिनुहोस
  • होमपेज
  • पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले रास्वपाले कारबाही गर्ने

राजनीति

पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले रास्वपाले कारबाही गर्ने

आन्दोलनको फोटो र भिडिओमात्रै सामाजिक सञ्जालमा राख्नुपर्ने

  • Sanchar NP
  • आइतवार, बैशाख ६, २०८३
पोखरा पुगेका कार्यकर्ताले घुमघामको फोटो हाले रास्वपाले कारबाही गर्ने

काठमाडौं। पूर्व उप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति रवि लामिछाने पक्राउ विरोधमा पोखरा पुगेका कार्यकर्तालाई आन्दोलनबाहेक घुमघामका फोटो पोस्ट नगर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सूचना पठाएको छ।

रास्वपाको अनुशासन विभागले कार्यकर्ताहरूलाई पठाएको उक्त म्यासेजमा आन्दोलनको फोटो भिडिओमात्रै सामाजिक सञ्जालमा राख्न निर्देशनसमेत दिइएको छ। आन्दोलनबाहेकको पोस्ट राखे कारबाही गरिने समेत बताइएको छ।

‘पोखरामा आएका साथीहरू आन्दोलनबाहेकको घुमघामको फोटो पोस्ट गरेको पाइए कारबाही हुन्छ,’ म्यासेजमा भनिएको छ, ‘सबै पार्टी सदस्यले आन्दोलनको फोटो, भिडिओ शेयर गर्न निर्देशन गरिन्छ।’

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने शुक्रबार काठमाडौंबाट पक्राउ परेका हुन्। सोही दिन राति उनलाई पोखरा लगिएको थियो।

शनिबार सार्वजनिक बिदा भएका कारण उनलाई आइतबार म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो।

अदालतले लामिछानेलाई शुक्रबारदेखि गणना हुने गरी अनुसन्धानका लागि ६ दिन म्याद दिएको थियो। त्यसको विरोधमा देशैभरका हरेक जिल्लाबाट कम्तीमा १०० जना कार्यकर्ता पोखरा जान रास्वपाले सर्कुलरसमेत जारी गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका