जोडिनुहोस
  • होमपेज
  • बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

बारामा धारिलो हतियार प्रहारबाट एक जनाको हत्या

काठमाडौं। बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरेको छ।

महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए।

गएराति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो। उनको प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका