जोडिनुहोस
  • होमपेज
  • राज्य व्यवस्था समितिमा संशोधनकर्ता सांसदहरुको माग– अख्तियारलाई निजी क्षेत्रमा प्रवेश दिनु हुँदैन

राज्य व्यवस्था समितिमा संशोधनकर्ता सांसदहरुको माग– अख्तियारलाई निजी क्षेत्रमा प्रवेश दिनु हुँदैन

काठमाडौं। राज्य व्यवस्था समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको संशोधन विधेयकमाथि संशोधनकर्ता सांसदहरुसँग छलफल गरिएको छ ।

छलफलमा संशोधनकर्ता सांसदहरुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश दिन नहुने बताएका छन् । यस्तै सांसदहरुले पूर्वकर्मचारीलाई आयुक्त बनाउन नहुने, अख्तियारमा राजनीतिक हस्तक्षेप रोक्न स्पष्ट व्यवस्था गर्नुपर्ने लगायतका विषय उठाएका छन् ।

यस्तै केही सांसदले अख्तियारले हेरेका मुद्दाको अनुसन्धानको हदम्याद राख्नका लागि पनि माग गरेका छन् । खुल्ला प्रतिस्पर्धाबाट आयुक्त नियुक्ति गर्नुपर्ने, बेनामी उजुरी दिने व्यवस्था हटाउनुपर्ने, अख्तियारले फरेन्सिक ल्याब लाग्ने कुरा हटाउनुपर्ने लगायतका विषय पनि सांसदहरुले उठाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका