जोडिनुहोस
  • होमपेज
  • रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो

पोखरा। रवि लामिछानेलाई थप बयानका लागि सरकारी वकिलको कार्यालय लगिएको छ।

रास्वपा सभापति लामिछानेलाई सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप छ। उनीमाथि कास्की प्रहरीले सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी आरोपमा अनुसन्धान गरिरहेको छ।

लामिछानेलाई दोस्रो पटक ७ दिनको म्याद थप गरिएको छ। कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेको अनुसन्धान म्याद १४ गतेसम्म छ।

१५ गतेदेखि तिहार बिदा हुने र अदालत बन्द हुने भएकोले उनलाई २० गते मात्रै अदालतमा पेस गरिनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका