जोडिनुहोस
  • होमपेज
  • माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैनः ओली

माओवादीले धम्क्याएर खानबाहेक अरू जानेको छैनः ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ फर्काएका छन्। शनिबार खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरूले हतियार बिसाएको तर चलाउन नबिर्सेको भन्दै सरकारको नेतृत्व गर्ने दलहरूलाई चेतावनी दिएका थिए।

आइतबार गैरआवासीय नेपालीहरूको ग्लोबल सम्मेलन उद्घाटन समारोह मार्फत जवाफ फर्काउँदै ओलीले हतियार बिसाउन लगाउन आफूहरूले जानेको बताएका हुन्। प्रधानमन्त्री आलीले माओवादीले अझै धम्क्याएको भरमा खाने गरेको आरोप लगाए।

यसैबीच एनआरएनएको ग्लोबल सम्मेलन काठमाडौंमा सुरु भएको छ। सोल्टी होटेलमा आयोजित सम्मेलनको पहिलो दिन आज नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक, जलवायु परिवर्तनले महिला तथा बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरणसम्बन्धी विषयमा छलफल हुनेछ।

दोस्रो दिन राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तीकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा तथा नेपाल पर्यटन प्रवर्द्धन नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायत सत्र रहनेछन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका