जोडिनुहोस
  • होमपेज
  • झापामा ३७ वर्षीय पुरूषको हत्या, तीन जना पक्राउ

झापामा ३७ वर्षीय पुरूषको हत्या, तीन जना पक्राउ

काठमाडौं। झापामा एक जना पुरूषको हत्या भएको घटनामा तीन जना पक्राउ परेका छन्।

कात्तिक ६ गते अपरान्ह साढे ४ बजे दमक नगरपालिका वडा नम्बर ३ उज्यालो टोल विकास संस्थाको दक्षिणस्थित बगर टोलमा एक पुरूषको हत्या भएको थियो।

दमक–९ बस्ने ३७ वर्षीय देशु भन्ने यमु निरौलाको हत्या भएको हो। उनको हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्ण चन्दले जानकारी दिए।

उर्लाबारी नगरपालिका–६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, वडा नम्बर ७ बस्ने ४९ वर्षीय ध्रुव गौतम र सङ्खुवासभा मादी–१० घर भई दमक दुम्से बस्ने २६ वर्षीय गणेश दर्जी पक्राउ परेका हुन्।

कात्तिक ६ गते बगर टोलमा प्लटिङको काम भइरहेको डीएसपी चन्दले बताए। उनकाअनुसार त्यही बेला देशु पनि पुगेका थिए। त्यहीबीच कुनै विवाद भएपछि गणेशसहितले कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको छ।

यस घटनामा अन्य व्यक्तिहरू फरार छन्। पीडित परिवारले ७ जनाविरूद्ध जाहेरी दिएका छन्। प्रहरीले दुई वटा कार समेत बरामद गरेको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका