जोडिनुहोस
  • होमपेज
  • सांसद शाहीको भनाइबारे रघु पन्त–राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन

सांसद शाहीको भनाइबारे रघु पन्त–राष्ट्रिय सभाले खेद प्रस्ताव पास गर्नु राम्रो होइन

काठमाडौं। सत्तारढ नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रतिनिधि सभाका सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित गरिनु दुःखद् भएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले यसरी दुई सदनबीच द्वन्द्वको वातावरण बनाउन नहुने बताएका छन् ।

प्रतिनिधि सभाका सदस्य ज्ञानबहादुर शाहीको अभिव्यक्तिलाई लिएर आइतबार राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको थियो । सांसद शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रामको संज्ञा दिएपछि विरोध भएको थियो ।

‘प्रतिनिधि सभाका एकजना माननीय सदस्यको टिप्पणीलाई लिएर राष्ट्रिय सभाले खेद प्रस्ताव पारित गरेको छ । त्यो आफैँमा दुःखद् हो’, उनले भने, ‘हामी यसबाट पाठ सिकौँ, कसै व्यक्तिलाई दोष नदिऊँ । दुवै सदनको काममा द्वन्द्व उत्पन्न हुने गतिविधि नगरौं ।’

के भनेका थिए शाहीले ?

सांसद शाहीले आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभालाई वृद्धाश्रमको संज्ञा दिएका थिए । उनले चुनाव हारेका, हरुवा–चरुवाको भर्ती केन्द्र राष्ट्रिय सभा बनाएपछि त्यसरी बोल्नुपरेको बताए ।

‘हामीले हरुवा–चरुवा भर्ती केन्द्र वृद्धाश्रमलाई बालआश्रम भनिदिनुपर्ने हो, राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू?’, उनले भने, ‘मेराविरुद्ध खेद प्रस्ताव पारित गर्नुभन्दा जनतामा गएर चुनाव जितेर आउनुस् । हरुवा–चरुवा वृद्राश्रममा जाने बाजे–बज्यैलाई घरमा गएर नाति–नातिना खेलाएर बस्न भन्नुस्। तर राष्ट्रिय सभालाई हामी युवा र राष्ट्रको भविष्य बर्बाद गर्ने थलो नबनाउनुस्।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका