जोडिनुहोस
  • होमपेज
  • ज्वालामुखी विस्फोटका कारण उडेको खरानीले गर्दा इन्डोनेसियाको बालीमा उडान रद्द

ज्वालामुखी विस्फोटका कारण उडेको खरानीले गर्दा इन्डोनेसियाको बालीमा उडान रद्द

काठमाडौं। ज्वालामुखी विस्फोटका कारण निस्किएको खरानीले गर्दा इन्डोनेसियाको बालीमा हुने उडानहरू रद्द भएका छन् । ज्वालामुखीबाट उडेको खरानीको बादलका कारण उडानहरू रद्द भएका बीबीसीले जनाएको छ ।

क्वान्टास, जेटस्टार र भर्जिन अस्ट्रेलियाले बाली जाने यात्रुहरूलाई उडान अवरुद्ध भएकोबारे जानकारी गराएका छन् । लेवोताओबी लाकी–लाकी हिमालबाट उडिरहेको खरानीका कारण उडान असुरक्षित भएका हुन् ।

१० जनाको ज्यान जाने गरी ज्वालामुखी विस्फोट भएको एक हप्तापछि पनि विस्फोट भएको ठाउँबाट आकाशमा नौ किलोमिटर माथिसम्म खरानी उडिरहेको छ । ज्वालामुखीको खरानीले असर गर्न सक्ने भन्दै अस्ट्रेलियाको मौसम विभागले चेतावनी जारी गरेको छ ।

खरानीका कारण इन्डोनेसियामा दैनिक गतिविधि प्रभावित भएका छन् । ज्वालामुखी विस्फोट भएको ठाउँबाट ६ सय किलोमिटर पर रहेको लाबुआन बाजो शहरमा यस वर्षको ज्याज फेस्टिभल स्थगित गरेको बीबीसीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका