जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव

प्रधानमन्त्रीसमक्ष उद्योग तथा व्यवसायी महासङ्घको सुझाव

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल’ समेटेर ४० पृष्ठे अवधारणापत्र बुझाएको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा भेटेर एमालेको जनसङ्गठन रहेको महासङ्घका संयोजक भगीरथ सापकोटासहितको प्रतिनिधिमण्डलले ‘सुदृढ अर्थतन्त्र निर्माणको आधारः सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ को लक्ष्य लिइएको सुझावपत्र बुझाएको हो ।

महासङ्घले गत भदौ ७ गते निजी क्षेत्रका समस्या र समाधानका विषयमा आयोजना गरेको छलफल कार्यक्रमबाट आएका निचोड र उद्योगी व्यवसायीले भोगिरहेका समस्या तथा समाधानका उपायलाई अवधारणापत्रमा समावेश गरेको छ ।

सुझावपत्रमा अहिले देशको अर्थतन्त्रका साथै उद्योगी व्यवसायीहरु जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यसलाई सुधार गर्न सरकारले तत्काल नीतिगत सुधार गर्नुपर्नेमा जोड दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सरकारले अर्थतन्त्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको र उद्योगी व्यवसायीले उत्पादन तथा उत्पादकत्व वृद्धिमा आफ्नो ठाउँबाट काम गर्नुपर्ने बताए । उनले सङ्गठनका अगुवाको व्यवसाय र उत्पादन तथा व्यवहार आदर्शयुक्त हुनुपर्ने सुझाव दिए ।

सो क्रममा एमालेका जनसङ्गठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकाल, सहइञ्चार्ज रचना खड्का, प्रधानमन्त्रीका आर्थिक मामिला तथा विकास सल्लाहकार डा.युवराज खतिवडालगायत सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका