जोडिनुहोस
  • होमपेज
  • सल्यानमा मिनी ट्रक दुर्घटनाः ४ जनाको मृत्यु

सल्यानमा मिनी ट्रक दुर्घटनाः ४ जनाको मृत्यु

सल्यान। सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा सात जना घाइते छन्। कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा १ ख २४०२ नम्बर मिनी ट्रक सोमबार साँझ दुर्घटनामा परेको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका ट्रक चालक २६ वर्षीय मानबहादुर भण्डारीको पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। भण्डारीको दाङ तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परेर स्थानीय १४ वर्षीय गोवर्धन खड्का, १२ वर्षीय डिल्ली भन्ने अनिल भण्डारी र १५ वर्षीया सिर्जना बस्नेतको सोमबार साँझै मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार दुई जनाको घटनास्थलमै एक जनाको बाटोमा र चालकको उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा परेर १३ वर्षीया खुमा बस्नेत, ३५ वर्षीया नन्दा बस्नेत, १७ वर्षीय जीत सागर बस्नेत, १७ वर्षीय सञ्जीव बस्नेत, २९ वर्षीय शङ्कर खड्का, ३५ वर्षीय देवबहादुर बस्नेत र २२ वर्षीय हिक्मत थापा घाइते भएका छन्।

घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। ट्रक सडकदेखि एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका