जोडिनुहोस
  • होमपेज
  • भाइटीकाकै दिन वर्षाको सम्भावना

भाइटीकाकै दिन वर्षाको सम्भावना

काठमाडौं। भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान छ। पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो। यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ।

मौसमविद डा विनोद पोखरेलले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपरान्हदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताए। ‘युरोपियन र अमेरिकन दुवै मोडेलले आइतबार र सोमबार वर्षा हुने सम्भावना देखाएको छ,’ उनले भने, ‘आइतबारको तुलनामा सोमबार धेरै ठाउँमा वर्षा हुने सम्भावना छ।’

उनका अनुसार आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेस, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना छ। यो वर्षा वर्षायाममा जस्तो लगातार पर्ने झरी जस्तो हुने छैन। त्यसैले यात्रामा प्रभाव नपर्ने पूर्वानुमान मौसमविद्को छ।

सोमबारपछि भने मौसम सफा हुने छ। वर्षाले प्रदूषण केही घटाउने र जाडो बढाउने सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा जाडो कम र वर्षा बढी हुने प्रक्षेपण गरेको छ। यस वर्ष मनसुन बाहिरिएपछि पनि ठाउँठाउँमा वर्षा भइरहेको छ। यस वर्ष जुन १० अर्थात् जेठ २८ गते नेपाल भित्रिएको मनसुन १२५ औं दिनमा असोज २६ गते देशभरबाट बाहिरिएको थियो।

मनसुन बाहिरिएपछिको अवधि अर्थात् पोष्ट मनसुनमा सामान्यतया कम पानी पर्छ। यो अवधिमा सरदर ७५ मिलिमिटरसम्म वर्षा हुने गरेको छ। तर यस वर्ष मनसुन बाहिरिसकेपछि पनि ठाउँठाउँमा तरकारी र अन्नबालीमा क्षति पुग्ने गरी वर्षा भएको छ।

यही कात्तिक ५ गते पर्वत र स्याङ्जाका केही भागमा असिना पानीले क्षति पुर्याएको थियो। कात्तिक ४ गतेदेखि यता औसत ४३ स्थानमा वर्षा मापन भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका