जोडिनुहोस
  • होमपेज
  • एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

एमाले राजनीति गर्न होइन, देश बनाउन बनेको पार्टी होः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले एमाले जन्मैदेखि महान उद्देश्य बोकेको पार्टी भएको उल्लेख गरे । उनले देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रूपहरूमध्ये उच्चतम रूपमा पुर्‍याउनका लागि आफ्नो पार्टी बनेको बताए।

नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको बताउँदै उनले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिए ।

उनले भने, “यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रूपहरूमध्ये उच्चतम रूपमा पुर्‍याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्‍यो, खान लगाउन पाउनुपर्‍यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनु पर्‍यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनु पर्‍यो ।”

प्रधानमन्त्री ओलीले पहिलो कुरा आर्थिक रूपान्तरण भएको बताउँदै जनताको जीवनमा आधारभूत आवश्यकताहरूको परिपूर्ति हुनु पर्ने बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका