जोडिनुहोस
  • होमपेज
  • हाइड्रोपावरको ड्याममा डुबेर एक जनाको मृत्यु

हाइड्रोपावरको ड्याममा डुबेर एक जनाको मृत्यु

पाँचथर। पाँचथरको हिलिहाङ गाउँपालिकाका कृष्ण तामाङ हाइड्रो पावरको ड्याम भित्र डुबेको अवस्थामा भेटिएका छन्।

उनको शव फिदिम–४ स्थित पाँचथर हाइड्रो पावर कम्पनीको ड्याममा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

४९ वर्षीय तामाङ कात्तिक ११ गते हिलिहाङ–७ भारपास्थित घरबाट हिँडेका थिए।

बिहान ७ बजे घरदेखि हिँडेका उनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा डुबेको अवस्थामा भेटिएपछि आफन्त र परिवारका सदस्यले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रूपेश तामाङले बताए।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका