जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, ट्रङ्क लाइन विवाद लगायतका विषयमा छलफल हुने

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक, ट्रङ्क लाइन विवाद लगायतका विषयमा छलफल हुने

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

बैठकमा ट्रङ्कलाइन र डेडिकेटेड विद्युत सम्बन्धी विवाद लगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ। गत बिहीबार बस्ने तय भएको मन्त्रिपरिषद्को अन्तिम समयमा स्थगित भएको थियो।

सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ। हिजो सोमबार प्रधानमन्त्रीको व्यस्तताले मन्त्रिपरिषद्को बैठक नराखिएको उनको सचिवालयले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका