जोडिनुहोस
  • होमपेज
  • ट्र्याक खोलिएको २० वर्षपछि नुवाकोटको विदुर हुँदै खनियाबास पुग्ने सडकमा कालोपत्र शुरू

ट्र्याक खोलिएको २० वर्षपछि नुवाकोटको विदुर हुँदै खनियाबास पुग्ने सडकमा कालोपत्र शुरू

नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–८ राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गर्न थालिएको छ ।

बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ) ले राईसिंमा कालोपत्रको शुभारम्भ गरे । ट्र्याक खोलिएको झण्डै २० वर्षपछि शुरू भएको कालोपत्रले दुई जिल्लाको ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्नेछ । मुख्यगरी कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन योगदान पुग्ने मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गरेका छन् ।

विदुर–८ राईसिंबाट विदुर–१३ हर्कपुर हुँदै गोगनेसम्म १० किलोमिटर सडकमध्ये चालु आर्थिक वर्षमा चार किलोमिटर कालोपत्र गर्ने लक्ष्य छ । बाँकी ६ किलोमिटरसहित गोगने हुँदै धादिङको खनियाबास गाउँपालिकासम्म आउँदो आर्थिक वर्षमा बजेट सुनिश्चित गर्ने मुख्यमन्त्री तामाङले बताए ।

सम्झौताअनुसार चार किलोमिटर सडक विस्तारका लागि १४ करोड ६१ लाख रुपैयाँमा निर्माण कम्पनीले जिम्मेवारी पाएको छ । कम्पनीले १८ महिनाभित्रमा सम्पन्न गर्नुपर्ने उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका