जोडिनुहोस
  • होमपेज
  • क्यालिफोर्निया डढेलोः मृत्यु हुनेको संख्या २४ पुग्यो, हावाहुरीले जोखिम कायमै

क्यालिफोर्निया डढेलोः मृत्यु हुनेको संख्या २४ पुग्यो, हावाहुरीले जोखिम कायमै

काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण ज्यान गुमाउनेको संख्या २४ पुगेको छ । अधिकारीहरूका अनुसार १६ जना बेपत्ता छन् ।

100241337179256 01 02अग्नि नियन्त्रकहरू हाल प्यालिसेड्स र इटनमा फैलिएको डढेलो नियन्त्रणमा खटिइरहेका अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् । प्यालिसेड्समा ११ प्रतिशत मात्र डढेलो नियन्त्रण भएको छ ।

100258407179314 01 02त्यस्तै, इटनमा २७ प्रतिशत आगो नियन्त्रण भएको छ । क्यालिफोर्नियाको वन तथा आगो रोकथाम विभागका अनुसार हर्स्टको डढेलो ८९ प्रतिशत नियन्त्रणमा आएको छ । डढेलोले हर्स्टमा ७ सय ९९ एकड क्षेत्र नष्ट पारेको छ । केनेथमा फैलिएको डढेलो भने पूर्णरुपमा नियन्त्रणमा आएको छ । केनेथमा करिब १ हजार एकड क्षेत्रमा डढेलो लागेको थियो ।

100307402179228 01 02अधिकारीहरूले स्यान्टा आना हावा (सुक्खा र तातो हावा) फेरि चल्ने सम्भावना रहेको बताएका छन् । जसका कारण डढेलोको थप जोखिम बुधबारसम्मै रहेको जनाइएको छ । स्थानीय प्रहरीले आगलागीको मौका पारेर लुटपाट गर्नेमध्ये २० जनालाई पक्राउ गरिएको छ ।

100316781179189 01 02

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका