जोडिनुहोस
  • होमपेज
  • कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, गृहमन्त्री लेखकले गरे उद्घाटन

कोरला नाकामा अध्यागमन कार्यालय स्थापना, गृहमन्त्री लेखकले गरे उद्घाटन

काठमाडौं। उपल्लो मुस्ताङको लोमन्थाङमा पर्ने नेपाल–चीन २४ नम्बर सीमास्तम्भ रहेको कोरला नाकामा अध्यागमन कार्यालय स्थापना भएको छ।

बुधबार बिहान कोरला नाकामा आयोजित एक कार्यक्रममा गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयको उद्घाटन गरेका हुन्।

korala immigration 1 1730271294

कोरोला नाकामा चिनियाँ भन्सारको आमने–सामने हुने गरी प्रिफ्याव प्रविधिको १० कोठे अध्यागमन तथा सुरक्षा पोष्ट स्थापना भइसकेको छ। हालै नाकासम्म केन्द्रीय प्रसारण लाइनको विद्युत् र नेपाल टेलिकमको इन्टरनेटसहित मोबाइलको सेवा पुर्याइएको थियो।

korala immigration 2 1730271293

नेपाल–चीनबीच २०७५ सालमा हस्ताक्षर भएको पारवाहन तथा यातायात सम्झौताको प्रोक्टोकल अनुसार सुख्खा बन्दरगाहसम्म आवत–जावत गर्ने खुला भए पनि कोरोला नाकामा अहिले सन् १९८१ को नेपाल–चीनबीच ब्यापार सम्झौता अनुसार सीमाबाट मुस्ताङवासीले मात्र जिल्ला प्रशासन कार्यालय मुस्ताङको पास लिएर सीमा वारपार गर्न छुट दिइएको छ।

अध्यागमन कार्यालय स्थापना भएसँगै सबै नेपालीले पास लिएर कोरला सीमा वारपार गर्न पाउने छन्। गण्डकी प्रदेशको लाइफलाइन मानिएका कोरला नाकामा बन्ने सुख्खा बन्दरगाहबाट हुने पारवाहन तथा सामान ढुवानी गर्न चौडा र मापदण्ड योग्य सडक निर्माणमा ढिलाई भइरहेको छ।

अहिले बेनी–जोमसोम–कोरला १ सय ८६ किलोमिटर सडक ७ मिटर पीच सहित ११ मिटर चौडा स्तरमा निर्माण भइरहेको छ।

065605990korala immigration 3

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका