समाचार
गरिमा बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपाली महिला टिमलाई प्रति गोल १ लाख दिने
0 टिप्पणी

काठमाडौं।गरिमा बैंकले साफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपाली महिला टिमलाई प्रति गोल १ लाख दिनेले दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच हुन गइरहेको साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटबलको फाइनल खेलमा नेपाली टिमलाई प्रति गोल रु. १ लाखको दरले पुरस्कार प्रदान गर्ने भएको छ ।
बंगलादेश विरुद्धको फाइनल खेलमा नेपाली टिमले गरेको गोलको आधारमा विकास बैंकले नेपाली टिमलाई प्रति गोल रु. १ लाख प्रदान गर्ने बैंकले जनाएको हो । नेपालमा फुटबल खेलको विकास, प्रवर्द्धन तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्य सहित उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।





























