जोडिनुहोस
  • होमपेज
  • तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद बरामद

तास खेलिरहेका ३७ जना पक्राउ, साढे ४ लाख नगद बरामद

काठमाडौं। कैलाली र डडेल्धुरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ३७ जनालाई पक्राउ गरेको छ। उनीहरूलाई साढे चार लाख भन्दा धेरै रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कैलालीको घोडाघोडी नगरपालिका–६ अस्नारास्थित कुखुरा फर्मबाट तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट २६ हजार ४ सय २० रुपैयाँ र एक गड्डी तास पनि बरामद गरेको छ।

त्यसैगरी डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेतमा तास खेलिरहेका २८ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूलाई ४ लाख ४१ हजार ८ सय ६९ रुपैयाँ र १६ गड्डी ताससहित पक्राउ गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका