जोडिनुहोस
  • होमपेज
  • सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति

सर्लाहीको बरहथवामा भीषण आगलागी, पौने तीन करोड बराबरको क्षति

बरहथवा नगरपालिका-७ बजारमा स्थानीय किसुन दासको घरमा सञ्चालित तीनवटा  पसलमा भएको आगलागीबाट ठूलो क्षति पुगेको हो ।

आगलागीबाट नरेश साहले सञ्चालन गरेको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट करिब पौने तीन करोड बराबरको क्षति भएको छ । गएराति साढे ११ बजेतिर सुरु भएको आगलागी आज बिहान २ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो ।

स्थानीय, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको बरहथवा प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका