जोडिनुहोस
  • होमपेज
  • आज २०८१ साल कात्तिक १८ गते आइतबारको राशिफल

आज २०८१ साल कात्तिक १८ गते आइतबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः समय सामान्य छ। धन खर्च हुनेछ। रोगसँग लड्ने क्षमता घटेर स्वास्थ्यमा समस्या हुनसक्छ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृषः समाजमा राम्रो काम गर्छु भन्दाभन्दै अप्ठेरो परिस्थिति बन्नसक्छ। बोल्दा ख्याल गर्नुपर्नेछ। कानुनी लडाइँमा भए तपाईंको पक्षमा निर्णय हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुनः दिन सामान्य छ। व्यापारमा घाटा हुने जोखिम छ। साथीभाइले असहयोग गर्नेछन्। संकटमा परिवारले भने साथ दिनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

कर्कटः मनमा चिन्ता बढ्नेछ। सानो कुराले झन्झट बढे पनि शुभ ग्रहको बहुमत भए शिक्षामा मन जानेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ।

सिंहः हरेक क्षेत्रमा सोचेको जस्तो काम नहुने जोखिम छ। गम्भीर भएर अगाडि बढ्नुपर्नेछ। तपाईंको इज्जतमा दाग लाग्ने खतरा छ। दिदीबहिनीसँगको भेटले दिन रमाइलोसँग बित्नेछ।

कन्याः दिन रमाइलो छ। समाजमा तपाईंको बोलीको प्रभाव राम्रो रहेको छ। परोपरकारमा सहभागी हुनु राम्रो हुनेछ। चेलीले दिएको उपहारले खुशी दिनेछ। शेयर कारोबारमा फाइदा हुनेछ। परिवारले तपाईंको प्रशंसा गर्नेछन्।

तुलाः धनलक्ष्मी योग परेको छ। लामो समयदेखि रोकिएको सम्पत्ति प्राप्त हुनेछ। साथीसँगको तर्कले अप्ठेरो परिस्थिति बन्नसक्छ। तर्क नगर्दा फाइदा हुनेछ। परिवारको साथ र सहयोग पाइनेछ।

वृश्चिकः आफ्नै राशिमा शुभग्रहको बहुमत रहेकाले ठुला काममा आँट गर्ने दिन छ। मनमा सानो कुराले चिन्ता हुनेछ। छाति खुला बनाउनुपर्नेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। व्यापारमा नाफा कमाउने दिन छ।

धनुः धन खर्च हुनेछ। राजनीतिक क्षेत्रमा नाम र दाम रहनेछ। समाजसेवाको अवसर मिल्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु राम्रो हुनेछ। संयुक्त लगानीबाट फाइदा हुने योग छ।

मकरः खर्च बढ्नेछ। आफन्तले असहयोग गर्ने भएकाले आफन्तसँग सचेत बन्नुपर्ने दिन छ। विपक्षी समूह सक्रिय भएकाले व्यवहार गर्दा ध्यान दिनुपर्नेछ। परिवारमा भने शान्ति मिल्ने दिन छ।

कुम्भः भाग्यको स्थानमा शुभग्रहको बल छ। मध्य साढेसातीको दशाले मनमा झन्झट भए पनि बौद्धिक व्यक्तिसँगको भेटले मन हलुका हुनेछ। परिवारले घर व्यवहारमा सकारात्मक साथ दिनेछन्।

मीनः साना कुराले मनमा झन्झट हुनसक्छ। बिहान उठेर गणेशको पूजा गर्नाले दिन सहज बन्नेछ। अप्ठेरो परिस्थितिमा परिवारले तपाईंको बचाउ गर्नेछ। प्रेम सम्बध सुमधुर बन्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका