जोडिनुहोस
  • होमपेज
  • बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

बालगोपालेश्वर मन्दिर बिहानैदेखि खुला

काठमाडौं। रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि भक्तजनका लागि खुला गरिएको छ।

दिदीबहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।

दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गइ पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ। भाइटीकाका लागि बालगोपालेश्वर मन्दिर आजै दिनभर नै खुला रहने जनाइएको छ। दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा पनि टीका लगाउने कार्यक्रम रहेको छ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका