जोडिनुहोस
  • होमपेज
  • कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेका छन्ः माधव नेपाल

कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेका छन्ः माधव नेपाल

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा लोकतन्त्र र गणतन्त्रको रक्षा कम्युनिष्ट पार्टीले मात्रै गर्नसक्ने बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले कम्युनिष्ट पार्टीहरूले लोकतन्त्रको पनि संवाहकको रूपमा आफ्नो स्थान बनाएको बताए । उनले कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा जनताले विश्वास गरेको बताए । उनले नेपाल समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि बताए ।

उनले अब समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक भइसकेको बताए । उनले कम्युनिष्ट पार्टीहरूमा अहिले व्यक्तिवाद हाबी भएको बताए । उनले नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या बनेको बताए । उनले भ्रष्टीकरणका विरुद्धमा नजुद्धेसम्म र जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा नलागेसम्म देश बन्न नसक्ने बताए ।

उनले भने ‘अब समाजवादी क्रान्तिको चरणमा हामी प्रवेश गरेका छौँ । त्यसअर्थमा समाजवादी क्रान्तिको कार्यक्रम आवश्यक छ । त्यो कार्यक्रम हामीले बहस गरेर अघि सारेका छौँ । त्यो नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ रु बहस गरौँ । हामी समाजवादका कुराहरू गरिरहेका छौँ । तर नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ रु अरू समाजवादी मुलुकको जस्तो हुँदैन । हाम्रो देशको आफ्नै विशेषता छ । यो विशेषतालाई ध्यानमा राखेर हामी समाजवादको आफ्नो मोडेल अघि सार्नुपर्छ । यो बहस र छलफलको विषय बन्नुपर्छ । कम्युनिष्ट पार्टीले यहाँ अवसरहरू पाएको छ । र भुमिका पनि खेलेको छ । त्याग, तपस्या, बलिदानको कीर्तिमान नै कायम गरेको छ । कीर्तिमान कायम गरेको चिज नै हाम्रो पुँजी पनि हो । तर हिजोआज अहिले चरम रूपमा व्यक्तिवाद हाबी भएको छ । स्वार्थी प्रवृत्ति हाबी भएको छ । मलाई, मपाईँ प्रवृत्ति म भन्ने प्रवृत्ति हाबी भएको छ । मैले के पाएँ भन्ने छ । नेपालको राजनीतिमा पनि र कम्युनिष्ट आन्दोलनभित्र पनि भ्रष्टीकरणको प्रवृत्ति सबैभन्दा प्रमुख समस्या हो । जबसम्म यो भ्रष्टीकरणका विरुद्धमा जुध्दैनौँ हामी, जबसम्म हामी यो भ्रष्टाचारका विरुद्धमा जुध्दैनौँ, जबसम्म जनतालाई केन्द्रबिन्दुमा राखेर देशलाई अघि बढाउने कुरामा चल्दैनौँ हामी, तबसम्म जनताको विश्वास मिल्दैन । कम्युनिष्ट पार्टीहरूले लोकतन्त्रको पनि संवाहकको रूपमा आफ्नो स्थान बनाएको छ । लोकतन्त्रको रक्षा नेपालमा, गणतन्त्रको रक्षा कम्युनिष्टहरुले मात्रै गर्नसक्छन् भन्ने विश्वास छ । अरू पनि होलान् । उनीहरूलाई पनि साथमा लिनुपर्छ । कम्युनिष्ट पार्टीलाई परिवर्तनको संवाहकको रूपमा विश्वास गरेका छन् ।’

अध्यक्ष नेपालले समाजवादी क्रान्तिको विषय अब बहस र छलफलको विषय बन्नुपर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका