जोडिनुहोस
  • होमपेज
  • मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

मुस्ताङमा जुवा खालबाट साढे ८ लाखसहित १२ जना पक्राउ

काठमाडौं। मुस्ताङमा साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन्। आइतबार राति घरपझोङ गाउँपालिका–२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई मङ्गलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए।

पक्राउ पर्नेमा वर्ष ५० का सुरज लालचन, वर्ष ५६ का राजु लालचन, वर्ष ५० का जेम्स हिराचन, बस्ने वर्ष ५३ का गुन्ज हिराचन, वर्ष ६० का दल बहादुर हिराचन, वर्ष ५० का विश्व लालचन, वर्ष ५९ का आइत ज्वारचन, वर्ष ३८ का समिर ज्वारचन, वर्ष ५० का कविन ज्वारचन, १०. वर्ष ६५ का यामप्रसाद मगर,
वर्ष ४० का सन्तोष लालचन र वर्ष ६० का कमल हिराचन रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका