जोडिनुहोस
  • होमपेज
  • अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ– संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ

अध्यादेशबारे प्रधानमन्त्रीको जवाफ– संसद् कुर्न सकेनौँ, चाँडो नतिजा निकाल्न ल्याएका हौँ

काठमाडौं। संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनका क्रममा संसद् नचलेको बेला अध्यादेश ल्याउनुलाई सरकारको बाध्यता भनेका छन् ।

ओलीले सत्ता पक्ष र प्रतिपक्षीका रुपमा अध्यादेशलाई नहेरी छिटो छरितो काम गर्नका लागि ल्याउनुपरेको बताएका छन् ।

‘हामीले सदन सुरु नभएको बेला छिटो बाटोबाट अध्यादेश ल्याएका हौँ । विरोध गर्ने मानसिकता नबनाऊँ । सरकारले यस्तै बेला अध्यादेश ल्याउने हो,’ उनले भने, ‘अब अध्यादेश संसद्को सम्पत्ति भएको छ । आजका मितिबाट ६० दिन छ । यसलाई अस्वीकार गर्ने या जस्ताको तस्तै पारित गर्ने या थपघट गर्न प्रतिस्थापन विध्येक पारित गर्ने यो सम्मानित सदनको जिम्मा भयो ।’

अध्यादेशलाई लिएर विपक्षी रास्वपा विरोध गर्दै संसद् बहिष्कार गर्दै बाहिरिएको छ । रास्वपाको बहिष्कारबीच प्रधानमन्त्रीले सरकारको उपलब्धि सुनाइरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका