जोडिनुहोस
  • होमपेज
  • रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

काठमाडौं। रौतहटमा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा राजदेवी नगरपालिका–९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंह छन्।

उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो। उनको साथबाट एउटा कटुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउन्ड गोली र एउटा खोका बरामद भएको छ।

उनलाई नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका