जोडिनुहोस
  • होमपेज
  • ७९ हजार बढी नगदसहित पोखराबाट ६ जना जुवाडे पक्राउ

७९ हजार बढी नगदसहित पोखराबाट ६ जना जुवाडे पक्राउ

काठमाडौं। कास्कीको पोखरामा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१७, बिरौटाका ५२ वर्षीय भरतबहादुर ठकुरीसहितका व्यक्तिहरू छन् ।

भरतबहादुरको ठकुरी खाजाघरभित्र जुवातास खेलिरहेको अवस्थामा सोमबार (हिजो) राति उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

नगद ७९ हजार ९७० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका