जोडिनुहोस
  • होमपेज
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ५ किलो सुनसहित ३ जना पक्राउ

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित ३ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार एअर अरेबियाको जहाजमार्फत यूएईको शारजाहबाट काठमाडौं आएका एक चिनियाँ र २ म्यानमारका नागरिक सुनसहित पक्राउ परेका हुन् । पक्राउ पर्ने चिनियाँ नागरिकमा च्यान चोङ र म्यानमारका सात नाइङ तुन र एई एन्गोन फू रहेका छन् ।

उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक( पुनः जाँच)गर्ने क्रममा लगेजभित्र राखेको १२ थान स्पिकरमा करिब ५ केजी ७ सय ग्राम सुन फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलय र सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका