जोडिनुहोस
  • होमपेज
  • युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार

अन्तर्राष्ट्रिय

युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार

  • Sanchar NP
  • शनिबार, फाल्गुन २३, २०८२
युक्रेनको रक्षाका लागि सेना पठाउन बेलायत तयार

काठमाडौं। बेलायती प्रधानमन्त्री केइर स्टारमरले युक्रेनको सुरक्षाका लागि सेना तैनाथ गर्न तयार भएको बताएका छन्।

अहिले चलिरहेको शान्ति वार्ताकै क्रममा स्टारमरले युक्रेनको सुरक्षा पनि महत्त्वपूर्ण विषय भएको बताएका हुन्।

टेलिग्राफमा लेख्दै उनले शान्ति स्थापनाका साथै भविष्यमा पनि पुटिनबाट हुनसक्ने खतराबाट जोगाउनका लागि आफू युक्रेनलाई सहयोग गर्न तयार भएको बताएका हुन्।

सोमबार पेरिसमा हुन लागेको युरोपेली सम्मेलनको पूर्व सन्ध्यामा स्टामरले युक्रेनको सुरक्षा, युरोपको सुरक्षा तथा आफ्नै देशको सुरक्षा अहिले गम्भीर विषय बनेको बताएका हुन्।

उनले रुस र युक्रेनी सीमामा बेलायतसहित अन्य युरोपेली देशका सेना तैनाथ गर्नु आवश्यक रहेकोमा जोड दिएका छन्।

युरोपलाई बेवास्ता गर्दै अमेरिकी राष्ट्रपति ट्रम्प पुटिनसँग वार्ता गर्न पुगेपछि स्टेइमरले युरापेलीको एकताको आवश्यकता औँल्याएका हुन्।

अमेरिका र रुसका राष्ट्रपतिको कदमप्रति आक्रोश व्यक्त गरेका उनले शान्ति वार्तामा युक्रेनको आवश्यकता रहेकोमा जोड दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका