जोडिनुहोस
  • होमपेज
  • झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर दाङमा किशोरको ज्यान गयो

झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर दाङमा किशोरको ज्यान गयो

दाङ। दाङमा झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर उपमहानगरपालिका–१८ बिजौरीका १६ वर्षीय किशोर श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ ।

तिहारको समयमा राखिएको झिलिमिली बत्ती निकाल्ने क्रममा आज बिहान करेन्ट लागेर उनी अचेत भएका थिए । उनलाई उपचारका लागि बिहान ११ बजेतिर तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

झिलिमिली बत्ती निकाल्ने क्रममा किशोरको बाया हात र दाया खुट्टामा करेन्ट लागेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका