जोडिनुहोस
  • होमपेज
  • ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद

ठमेलको एक होटलबाट पेस्तोल र गोली बरामद

काठमाडौं। काठमाडौंको ठमेलबाट एक थान कटुवा पेस्तोल र ४ राउन्ड गोली बरामद भएको छ।

काठमाडौं महानगरपालिका–२६ स्थित यति कोजी होटलबाट बुधबार बिहान प्रहरीले सो सङ्ख्यामा पेस्तोल र गोली बरामद गरेको हो।

उक्त होटलको पहिलो तल्लामा रहेको कोठा नम्बर २०२ भित्र होटलको स्टाफले सरसफाइ गर्ने क्रममा पेस्तोल र गोली फेला परेको खबर गरेकी थिइन्।

उक्त खबर पाएपछि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले हतियार बरामद गरेको हो। उक्त हतियार कसले राखेको भन्नेबारे खुलेको छैन। प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका