जोडिनुहोस
  • होमपेज
  • छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजा गरिँदै

काठमाडौं। सूर्यको उपासना गरी मनाइने छठ पर्वको आज मुख्य दिन हो।

व्रतालुले आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिने गर्दछन्। आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व समापन हुन्छ।

छठको मुख्य दिन भएकाले आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ। काठमाडौं उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा छठको रौनक छ। छठको अवसरमा काठमाडौंका आठ स्थानमा छठघाट निर्माण गरिएको छ।

छठ पूजा विशेष गरेर नेपालका तराई क्षेत्रका नेपालीहरूको प्रमुख पर्व हो। यो पर्व सूर्य उपासनासँग सम्बन्धित छ। छठमा विशेषगरी महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै आफ्नो परिवारको कल्याण र समृद्धिको कामना गर्छन्।

छठ पर्व चार दिनसम्म मनाइन्छ। यस पर्वका निष्ठा, पवित्रता र अनुशासनको विशेष महत्त्व हुने गर्छ। छठ पूजा कार्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ र सप्तमीका दिन सम्पन्न हुन्छ। यसमा नुहाउने, खाने, खरना, संध्या अर्घ्य र बिहानको अर्घ्य दिने दिन जस्ता विभिन्न चरणहरू हुन्छन्। मानव र प्रकृतिलाई छाड्ने पर्वको रुपमा पनि छठ पर्वलाई लिने गरिन्छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका