जोडिनुहोस
  • होमपेज
  • काठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो

काठमाडौंमा हिजोको तुलनामा आज झन् जाडो

काठमाडौं। काठमाडौंको जाडो हिजोको तुलनामा आज झन् बढेको छ। हिजो न्यूनतम तापक्रम ३.९ मापन भएकोमा आज बिहानको तापक्रम ३.४ कायम भएको छ। यो यस वर्षको हिउँदयाममा अहिलेसम्मकै जाडो हो। अहिले काठमाडौंमा ठिहिर्‍याउने जाडो छ।

काठमाडौं उपत्यकामा बिहान हुस्सु पनि लागेको छ। हुस्सु तराईका जिल्लामा पनि देखिएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद बिनु महर्जनले काठमाडौंमा न्यूनतम तापक्रम घट्ने र हुस्सु लाग्ने बाहेक अरु उल्लेख्य मौसमी प्रणाली नभएको बताइन्।

‘हिजोको तुलनामा झन् घटेर काठमाडौंको न्यूनतम तापक्रम ३.९ मापन भएको छ। अरु उल्लेख्य मौसमी प्रणाली केही छैन,’ उनले भनिन्।

उनका अनुसार आज आज पनि देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। अहिले बिहान पौने ६ बजेदेखि देशभर आंशिक बदली छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानमा कुहिरो लागेको छ।

मौसम पूर्वानुमान महाशाखाको बुलेटिन अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने छ।

शनिबार बिहान भने तराई तथा काठमाडौं उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना रहेकाले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयन क्षेत्रमा क्षणिक असर पर्नसक्ने हुनाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका