जोडिनुहोस
  • होमपेज
  • पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माओवादी केन्द्रको माग

पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माओवादी केन्द्रको माग

काठमाडौं। नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि गम्भीर छानबिन गर्न माग गरेको छ । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलकी प्रमुख सचेतक गीता तिम्सिनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रदेश र देशकै स्वाभिमान गिराउने मानव तस्करी तथा सरकारी कागजात किर्तेलगायतको विषयमा गम्भीर छानबिनको लागि सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीको जापान भ्रमण विवाद भएपछि उनले बुधबार राजीनामा दिएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रीसँगै गएका व्यक्तिहरूसँग मन्त्रालयकै कर्मचारीको नक्कली परिचयपत्र हुनु, त्यही परिचयपत्रको आधारमा उ कार्यक्रममा सहभागी हुन मन्त्री र ती व्यक्तिहरूको भिसासहित हवाईटिकको प्रबन्ध हुनु रहस्यमयी देखिएको छ । जिम्मेवार सरकारी कर्मचारीले मन्त्रीलाई आएको भनिएको निम्ताप्रति नै प्रश्न उठाउँदै विदेश नजान दिएको सुझाव मन्त्रीले अस्वीकार गर्नु र नेपालबाट जापानमा सिधै उडान भएपनि हङकङ ट्राञ्जिट भएको उडान प्रयोग गर्नुले यो प्रकरण गम्भीर लापरबाही मात्र नभएर उच्चपदस्त व्यक्तिहरूको मिलेमतो र योजनामा भएको नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै मानव तस्करी प्रकरण त हैन भन्ने आशंका पैदा भएको छ ।’

माओवादी केन्द्रले नेपाली कांग्रेस र एमालेको गठबन्धन माफिया, भ्रष्ट, दलाल तथा गलत धन्दा चलाउने गिरोहको संरक्षणको लागि बनेको तथ्यलाई यो प्रकरणले उजागर गरेको जनाएको छ ।

m ucqvLILNOq

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका